नेपालमा भूमि बैंकको अबधारणा

 

(Concept of Land market in Nepal)


भूमि बैंक भनेको के हो भनेर भन्नु पर्दा साधारण अर्थमा भूमि बैंक भनेको भूमिसँग सम्बन्धित विषयहरू जस्तै भूमिको उपयोग, उपभोग, वितरण, वातावरण संरक्षण, जग्गाको बजार व्यवस्था, जग्गालाई नगद, चेकका रुपमा विकसित गर्ने लगायत अन्य कारोबारीहरूसँग सम्बन्धित देखिन्छ। हाम्रो सन्दर्भमा भन्ने हो भने भूमिको अद्यावधिक तथ्याङ्क, भूमिमाथि हुने राज्यको भूमिका र दायित्वको भूमिबाट लिन सक्ने उपलब्धीहरू, उत्पादनशील जग्गा बाँझो नराखी खाद्यान्न उत्पादन र भण्डारण गराउने, कृषि सीप भएकाहरूले खेती गर्न पाउने अवस्था सृजना गराउने अधिराज्य भरका प्रत्येक कित्ता जग्गालाई बैंकिङ कारोबार हुने गरि उपलब्धिमूलक बनाउने, जग्गा भाडामा लगाउने, जग्गा बैङ्कमा गहना सरह राख्न पाउने र भूमिको अधिकतम उपयोगबाट कृषि विकास, उद्योग तथा रोजगार प्रबर्द्धन, वातावरण संरक्षण तथा प्रभावकारी शासकीय पद्धति बनाउन महत संयन्त्र मध्ये भूमि बैङ्क एउटा सशक्त र भरपर्दो संयन्त्र हुन सक्ने सोच राखिएको छ ।

             


राष्ट्रको आर्थिक तथा सामाजिक विकासका लागि भूमिस्रोतको सही परिचालन त अत्यावश्यक भएको छ नै अव त खेती गर्ने प्रवृत्ति नै दिन प्रतिदिन गिर्दो अवस्थामा आएको छ । यसरी पहिलो कारकको रुपमा विभिन्न कारणहरूले गर्दा जग्गा टुक्रिन गएका कारण खेतीबाट निर्वाह हुन नसक्ने अवस्था सिर्जना हुन गएको देखिन्छ भने दोश्रो कारणको रुपमा खेतीमा भन्दा अन्य पेसामा आकर्षित हुने प्रवृत्ति रहेको देखिन्छ । पहाडतर्फ को हकमा निर्वाह नहुने भएर पनि मानिसहरू खेती गर्न छाडेका छन् भने तराईमा पनि जग्गाधनीहरूले खेती गर्न छाडिसकेका छन् । यसले गर्दा खेती हुन सक्ने जग्गा बाँझो रहन गएका छन् भने अधिया कमाउने चलन हराई सकेको छ । त्यस्तै

, अब जग्गामा खेती गर्ने वातावरण सिर्जना गरी कृषि रोजगारको व्यवस्था खाद्यान्नमा मात्र भर नपरी अन्य आयमूलक खेतीबाट कृषि उत्पादन गर्न गराउन अनिवार्य भएको छ । यसका लागि भूमि बैङ्कको माध्यमबाट खेती गर्ने प्रवृत्तिलाई जागृत गराउन सकिने आशा राखिएको छ । भूमि बैङ्कले सामुदायिक खेती
, भाडामा खेतीलाई प्रोत्साहन गरी रोजगारी र लगानीमा वृद्धि ल्याउने हुँदा यसबाट राष्ट्रको दिगो आधारभूत विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ । यस बैङ्कले बाँझो रहेको खेतीयोग्य जमिनको नियमन गर्छ । भूमि बैंक भनेको एक संगठन वा वित्तीय संस्था हो जसले भूमि सम्पर्कहिन सेवाहरू प्रदान गर्दछ। यसका प्रमुख लक्ष्य भूमि सम्बन्धित सेवाहरू प्रदान गर्दै, भूमि क्षेत्रमा भोगैभोगको लागि सहयोग प्रदान गर्दछ र भूमि सम्बन्धित लेनदेन वा लोन प्रदान गर्दछ। भूमि बैंक प्रायः सरकारका एक अंश हुन्छ र भूमि संविधान र कानूनको अधीनमा काम गर्दछ, राजा - राजा, मानिस - मानिस, वा उद्यमीहरूले भूमि पिचास र अन्य भूमि सम्बन्धित सुविधाहरू प्राप्त गर्नका लागि भूमि बैंकसँग सम्पर्क गर्न सक्छन्। यसकै अर्को सार्वजनिक सेवा भने भूमि सम्बन्धित डाटा जम्मा गर्न, विकसित भूमि प्रबन्धन, भूमि खरिद, बिक्री, वा लगानीको अवस्थाको मूल्यांकन गर्दछ। सरकारको योजना र प्रयोजनको लागि भूमि बैंक आमतौरमा सरकारको योजना र प्रयोजनका अधीनमा भूमि जोड्दैछन्। यसले भूमि विकास, जलवायु परिवर्तन, सहरीकरण, वन्यजन्तु संरक्षण, यातायात प्रवृत्तिहरू र अरू कुरा लागू गर्न खोज्दैछन्। 
                     अवसरको उपयोग गरि भूमि बैंकले असल गतिविधिहरूको लागि भूमि प्रयोग गर्दैछ। जस्तै वाणिज्य, आर्थिक विकास, पर्यटन, उद्योग, वन्यजन्तु संरक्षण र सामाजिक सेवाहरूको विकासमा समृद्धिको लागि योजना बनाउन तल्लिन छ। भूमि बैंकले भूमि कुनै अदृष्ट अवसरको लागि संग्रहण गर्ने योजना बनाउँछ, जसमा उपयुक्त समयमा भूमि बिक्री गर्ने अथवा विकासका लागि उपयुक्त गरिएको हुन्छ। भूमि संगठन भूमि बैंकले विशेष भूमि संगठनको लागि संग्रहण गर्दछ। जसमा उद्योग, वन्यजन्तु संरक्षण, र सामुदायिक विकासका लागि अधिक उपयोग गर्दछ। नियमन र कार्यअनुभवको जानकारीको लागि भूमि बैंकले स्थानीय नियमन, कानूनी प्रक्रिया, र भूमि प्रयोगको अनुभव अध्ययन गर्दछ र यसलाई बाटो पर्ने कुरामा प्रयोग गर्दछ। भूमि बैंक सरकार र अन्य संघीय सरकारको योजना र उद्योग विकासलाई साझा गरेर भूमि प्रयोगको सामर्थ्य र प्रयोजनका साथमा मिलाउने काम गर्दछ। भूमि बैंक ल्याँउदा भूमि बैंक सञ्चालन गर्दा आउन सक्ने सम्भावित भूमि बैंकको समस्या तथा चुनौतीहरू पनि छन् । ती चुनौतीहरूको नीतिगत अध्ययन गरि त्यसलाई सबलीकरण तर्फ लग्न सकिन्छ। नेपालमा रहेको जनसङ्ख्याको ठूलो भाग कृषि पेसामा आधारित रहेको छ । 

                   

अधिराज्यको भूमि बैंक नेपालमा उपयोगी अनेक कारणहरू छन्
, यसमा भूमि विकास र योजनामा भूमि बैंकले सरकारको भूमि विकास र योजनाहरूमा सहयोग प्रदान गर्दछ। जसले शहरी योजना, वन्यजन्तु संरक्षण, उद्योग विकास, र अन्य विकास क्रियाकलापको लागि भूमि प्राप्त गर्न मद्दत पुर्याउँछ। वन्यजन्तु संरक्षण र सामुदायिक विकासको लागि भूमि बैंकले वन्यजन्तु संरक्षण, सामुदायिक विकास, र प्राकृतिक संसाधन प्रबन्धनका लागि भूमि प्रयोगको सामर्थ्य प्रदान गर्दछ, जसमा स्थानीय समुदायहरूको आर्थिक सशक्तीकरण पनि गराइएको छ। नियमन र प्रशासन गर्न भूमि बैंकले भूमि प्रयोगको नियमन र प्रशासनको लागि विशेषज्ञता प्रदान गर्दछ। जसले संघीय र स्थानीय प्राधिकरणमा मद्दत पुर्याउँछ। सामाजिक विकास र अर्थतन्त्र भूमि बैंकले सामाजिक विकास र अर्थतन्त्रमा पनि योजना र प्रयोग गर्दछ। जसको परिणामस्वरूप सामुदायिक विकास, रोजगार सृजना, र आर्थिक सशक्तिकरणमा महत्त्वपूर्ण भूमिका खेल्छ। साधारण मानिसहरूको लागि लाभकारी हुने भूमि बैंकको सेवाहरूले साधारण मानिसहरूको लागि भूमि प्राप्ति र उपयोगमा मद्दत पुर्याउँछ। जसले भूमि सम्पादन र उपयोगको आवश्यकता पुरा गर्दछ। तथापि, यसको सत्तामा भूमि बैंकको योजनाहरू र कार्यक्षेत्रले उपयोगी बन्ने मानिसहरूको आवश्यकताहरूको आधारमा परिणामस्वरूप परिवर्तन गर्दछ। कूल क्षेत्रफल १, ४७, १८१ वर्ग किलोमिटर मध्ये ५१, ८१७ वर्ग किलोमिटर उच्च पहाडी भागमा ६१, ३४५ वर्ग किलोमिटर, पहाडी क्षेत्रमा र ३४, ०१९ वर्ग किलोमिटर तराई क्षेत्रमा पर्दछ । समग्रमा ४१, २१, ००० हेक्टर खेतीयोग्य जमिन रहेकोमा १०, ३०, ००० हेक्टर बाँझो रहेको कुरा अहिलेको तथ्याङ्कले बताउँछ । खेती भइरहेको जग्गा पनि विभिन्न कारणले उपयुक्त रुपमा आवाद कमौत नहुँदा कृषि रोजगार घट्दै मात्र गएको छैन, उत्पादनमा ह्रास भइरहेको छ । फलस्वरूप खाद्यान्नको अभावले प्रत्यक्ष प्रभाव पारिरहेको छ । यस्तो अवस्था सिर्जना भएको अवस्थामा खेती गर्न सक्ने जनशक्तिको हातमा जग्गाको पहुँच पुर्याई सबै खेतीयोग्य भूमि प्रयोगमा ल्याउनु आवश्यक देखिएको छ ।


             
                     खेतीपाती गर्ने पेसालाई छोडेर अन्य पेसामा आकर्षित हुने प्रवृत्ति बढेकोले जग्गा रहने, खेती गरे पनि एक बाली मात्र लगाई अधिकतम उत्पादन गर्न नसक्ने विस्थापित हुने जस्ता अन्य कारणले पनि उत्पादन ह्रास हुँदै गएको छ। जनसङ्ख्या वृद्धि, बसाइँसराइ र रोजगार तथा जनजीविकाका अन्य उपाय नभए पछि वन फडानी गर्ने तथा अन्य सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गर्ने प्रवृत्ति हाबी भएको छ । विगतमा ठोस कार्यनीति र कार्य योजनाको तर्जुमा नगरी विभिन्न आयोग र समितिद्वारा निःशुल्क र हचुवा तवरले जग्गा वितरण गर्ने परिपाटीले गर्दा जग्गा भएका टाठाबाठाहरूले पनि अव्यवस्थित बसोवासीका रुपमा जग्गा पाएका छन् भने वास्तविक सुकुम्बासी वा भूमिहीन किसानहरू जग्गा प्राप्त गर्नबाट बञ्चित भएका छन् । जग्गा को सीमितता भएकोले वास्तवमा खेती गर्ने सीप भएका सुकुम्बासी, भूमिहीन किसान, पूर्व कमैया, हलिया आदिलाई जग्गा उपलब्ध गराउन नसकिने हुँदा उनीहरूलाई कृषि रोजगारको अलावा अन्य रोजगार उपलब्ध गराउन सकिएको छैन । यसरी भूमिहीनहरूको पुनर्स्थापना गर्न कठिन भएको छ । जग्गामा दोहोरो नियन्त्रण यद्यपि कायम रहेको हुँदा अधिकतम उत्पादन गर्न नसकी कृषि उत्पादनमा ह्रास आएकोले समस्या कायमै छ । खेतीयोग्य जग्गा विभिन्न कारणले टुक्रिने भएकोले निर्वाहमुखी कृषि गर्ने र हरेक कित्ताको लागि बाटोमा जग्गा खर्चिँदा जग्गा घट्न गई उत्पादनमा ह्रास मात्र होइन त्यसमा खेती गरेर पनि निर्वाह नहुने हुँदा जग्गा बाँझै रहेका छन् । भूमि प्रकृति प्रदत्त स्रोत हो । भूमि आफै सञ्चित हुने सम्पदा हो भने अचल सम्पत्ति पनि हो । भूमिबाट प्राप्त हुने अपार उपलब्धीहरू समस्त प्राणी मात्रका लागि बरदान हुन् । तर मानव जातिबाट भूमि परिचालनमा दिनानु दिन बढ्दै गएको अनुचित शोषण अव चरम सीमामा पुगिसकेको तथ्यलाई हामी सबैले मनन गर्नु अनिवार्य भइसकेको छ । भन्न खोजिएको कुरा के हो भने कतिपय भूमि स्रोतको अधिक उपयोग गरिएको छ भने कतिपय स्रोतलाई उपेक्षा गरिएको छ । 
           त्यसैले भूमिको प्राकृतिक अस्मिताको संरक्षण गरी यसको उचित व्यवस्थापन र परिचालन गर्नु आजको आवश्यकता रहेको छ । हाम्रो मुलुकका सन्दर्भमा हेर्दा अब पनि यसतर्फ संवेदनशील भएर नसोच्ने हो भने भोलिको अवस्था अस्तव्यस्त भै सम्हालिनसक्नु हुनेछ र भूमिको व्यवस्थापन गर्नका लागि राज्यले ठूलो मूल्य चुकाउनु पर्नेछ। जनसङ्ख्या वृद्धि, रोजगारको खोजी, अव्यवस्थित बसोवास नीति र नयाँ सहस्राब्दी चाहना आदि विषयहरूलाई सम्बोधन गर्नु पर्ने अनिवार्य भएको छ । यसैले भूमिको उचित व्यवस्थापन तथा सही परिचालन गर्न सम्बन्धित पक्षहरूले दिन प्रतिदिन बढ्दै गएका समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने सोचेर भूमिस्रोतको अधिकतम सदुपयोग गरी मुलुकको समग्र विकासमा योगदान पुर्याउन भूमि बैंक जस्ता संयन्त्रको माध्यमबाट पनि सम्भव हुने उद्देश्य अनुरूप हाम्रो अनुकूलको भूमि बैंकको विकास गर्न लागिएको हो । भूमि सीमित हुन्छ, यसलाई बढाउन घटाउन सकिँदैन, यो सर्वस्वीकार्य तथ्य हो । सीमित जमिनमा सीप र श्रम हुने व्यक्तिको पहुँच अभिवृद्धि गर्ने र लक्षित समूहको आर्थिक, सामाजिक अभिवृद्धिबाट गरीबी न्यूनीकरणमा यस बैंकको विशेष योगदान रहने अपेक्षा राखिएको छ । धन्यवाद

Popular posts from this blog

भूमि समस्या समाधान आयोगद्वारा अमिन (करार) पदका उम्मेदवारहरूको नियुक्ति सम्बन्धी सूचना

नेपाल इन्जिनियरिङ सेवा, सर्वे समूह राजपत्र अनङ्कित प्रथम श्रेणी (प्राबिधिक), सर्वेक्षक पदको नमुना परीक्षा Result published !!!

राष्ट्रिय भूमि आयोग विघटन कार्यन्वयन सम्बन्धि